`

झ्याप्लेखोला पहिरोबाट निकालियो थप तीन शव

Nepal One HD १३ असोज २०८१ ९:४४
प्रमुख खबर

काठमाडौं । नागढुंगा नजिकै धादिङको झ्याप्लेखोलामा गएको पहिरोमा थप एउटा बस पुरिएको अवस्थामा फेला परेको छ । पुरिएको बस निकाल्ने प्रयास भइरहेको छ बस निकाल्ने क्रममा पहिरोमा थप तीनवटा शव फेला परेको प्रहरीले जनाएको छ । शवको पहिचान भएको छैन ।

गोरखाबाट शुक्रबार बिहान छुटेको बस हुन सक्ने आशंका गरिएको छ । शुक्रबार बिहाने गोरखाको लापुबेसीबाट काठमाडौंका लागि छुटेको ना ४ ख २२७० नम्बरको बस सम्पर्कविहीन भएको दरौदी यातायात प्रालिले जनाएको छ ।


प्रतिक्रिया