`

झ्याप्लेखोलाको पहिरोमा अर्को माइक्रोबस पुरिएको अवस्थामा फेला, निकालियो थप १० जनाको शव

Nepal One HD १३ असोज २०८१ ११:३४
प्रमुख खबर

काठमाडौं । धादिङको झ्याप्लेखोलाको पहिरोमा अर्को माइक्रोबस पनि पुरिएको फेला परेको छ । आइतबार बिहान खोजी गर्दा पुरिएको अवस्थामा बस फेला परेको हो ।

त्सक्रममा प्रहरीले १० जनाको शव निकालेको सशस्त्र प्रहरीका सहायक प्रवक्ता डिएसपी शैलेन्द्र थापाले जानकारी दिएका छन् । प्रहरीले आठ पुरुष र दुई महिलाको शव निकालेको जनाएको छ । बस पुरिएको स्थानबाट सुरुमा तीन जनाको शव निकालिएको थियो । पछि खोजी गर्दा थप सात जनाको शव फेला परेको हो ।

खोजीका लागि घटनास्थलमा नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली परिचालन भएको छ । यसअघि शनिबार झ्याप्लेखोलामा एउटा बस जिप पुरिएका थिए । त्यहाँबाट १४ जनाको शव निकालिएको थियो।


प्रतिक्रिया