`

बाबर आजमद्वारा पाकिस्तानी क्रिकेट टिमको कप्तानबाट राजीनामा

Nepal One HD १६ असोज २०८१ १२:५८
खेलकुद

काठमाडौं । पाकिस्तानी क्रिकेट टिमका कप्तान बाबर आजमले पदबाट राजीनामा दिएका छन् । सामाजिक सञ्जालमार्फत उनले पदबाट राजीनामा दिएको जानकारी गराएका हुन् ।

साथै आफ्नो कप्तानीप्रति उनले खुसी व्यक्त गरेका छन् । आफ्नो कप्तानी करियरलाई बाबरले सानदार भनेका छन् । राजीनामा घोषणा गर्दै उनले समर्थकहलाई धन्यवाद दिएका छन् । उ

नले लेखेका छन्, ‘मैले पाकिस्तानी पुरुष क्रिकेट टिमको कप्तानीबाट राजीनामा दिने निर्णय लिएको छु ।’ उनले कप्तानी छाडेर आफ्नो खेलमा ध्यान दिने समय आएकाले पदबाट राजीनामा दिएको बाबरले उल्लेख गरेका छन् ।


प्रतिक्रिया