`

बाढीपहिरामा परी दुई सय ३९ जनाको मृत्यु,एकसय ७७ जना घाइते

Nepal One HD १८ असोज २०८१ ९:१२
प्रमुख खबर

काठमाडौँ, १८ असोजः हालैको बाढीपहिरामा परी दुई सय ३९ जनाको मृत्यु भएको छभने १९ जना बेपत्ता छन् । अन्य एक सय ७७ जना घाइते भएका छन् ।

गृह मन्त्रालयका प्रवक्ता ऋषिराम तिवारीका अनुसार बाढीपहिरो प्रभावित क्षेत्रबाट हालसम्म १७ हजार एक सय ३१ जनाको उद्धार भएको छभने सहायता परिचालन र अवरुद्ध राजमार्गहरू मर्मत गरी यातायात सञ्चालनको प्रयास जारी छ ।


प्रतिक्रिया