`

हुम्लामा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु

Nepal One HD १९ असोज २०८१ १७:५७
प्रमुख खबर

सिमकोट । हुम्लाको ताँजकोट गाउँपालिका–४ को तीर्थसैनामा बोलेरो जिप दुर्घटना हुँदा दुई जनाको घट्नास्थलमै मृत्यु भएको छ ।

हुम्लाबाट नेपालगञ्ज गइरहेको लु १ ज २३४३ नम्बरको जिप शनिबार दिउँसो दुर्घटना हुँदा नेपालगञ्ज उपमहानगरपालिका–२० निवासी ४९ वर्षीय विष्णु परियार र हुम्लाको चङ्खेली गाउँपालिका–६ का करिब छ वर्षीय बालक अभिषेक बुढाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रविन्द्र खनालले जानकारी दिए ।

रोकिराखेको जीप आफैँ पछाडितर्फ गुडेर तीन सय मिटर तल खसेको बताइएको थियो । मृतक परियार दसैँ मनाउनका लागि सदरमुकाम सिमकोटबाट घर गएको र उनीसँगै बालक बुढा पनि मामाघर गइरहेका थिए ।


प्रतिक्रिया