`

‘बाँचुन्जेल’मा टिकटकर मिस पवी र किरण भुजेल

Nepal One HD १९ असोज २०८१ १८:३०
मनोरञ्जन

काठामाडौं । गायक किरण भुजेल र गायिका प्रतिमा केसीको ‘बाँचुन्जेल’ बोलको गीतको भिडियो सार्वजनिक गरिएको छ । भिडियोमा मिस पवीसँगै गायक किरणले अभिनयमा साथ दिएका छन् ।

गायक तथा संगीतकार सिएल शर्माका शब्द सृजनामा तयार सार्वजनिक गीतमा नागेन्द्र श्रेष्ठको संगीत तथा बिषम आचार्यको एरेन्ज रहेको छ । भिडियोमा एक प्रेमील जोडीबिचको रोमान्टिक प्रेम कहानीलाई कलात्मक शैलीमा देखाइएको गीतको भिडियोले चर्चा पाइरहेको छ ।

कुमार केसीको मिक्सिङ्ग तथा मास्टरिङ रहेको गीतको सम्पादन दिनशन शाहले गरेका हुन् । केशल विश्वकर्माको छायाँकन रहेको भिडियोको निर्देशन राजीव शमरले गरेका हुन् ।

&nbsp


प्रतिक्रिया