`

प्रकाशमानसिंह राउत प्रधानन्यायाधीश नियुक्त

Nepal One HD २० असोज २०८१ ११:३१
प्रमुख खबर

काठमाडौँ । सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा प्रकाशमानसिंह राउत नियुक्त भएका छन् । आइतबार राष्ट्रपति रामचन्द्र पौडेलले राउतलाई प्रधानन्यायाधीश नियुक्त गरेका हुन् ।

नवनियुक्त प्रधानन्यायाधीश राउतको शपथ आजै दिउँसो हुँदैछ । यसअघि असोज १६ गते राउतको नाम संसदीय सुनुवाइ समितिबाट सर्वसम्मतिले अनुमोदित भएको थियो ।

प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ असोज १९ मा अनिवार्य अवकाश गएपछि राउतले न्यायालयको नेतृत्व सम्हाल्ने जिम्मा पाएका हुन् । राउतको कार्यकाल प्रधानन्यायाधीशका रूपमा २०८२ चैतसम्म रहनेछ । राउन देवानी, फौजदारी र संवैधानिक कानुनका विज्ञ मानिन्छन् ।


प्रतिक्रिया