`

इजरायलले ‘नरसंहार’ को मूल्य चुकाउनेछ– एर्दोगान

Nepal One HD २१ असोज २०८१ १८:५३
विश्व

टर्कीएका राष्ट्रपति रेसेप तैयप एर्दोगानले सोमबार हमासले अक्टोबर ७ मा गरेको आक्रमणको जवाफमा भएको युद्धको पहिलो वार्षिकीमा गाजामा भएको ‘नरसंहार’ का लागि इजरायलले मूल्य चुकाउने प्रतिज्ञा गर्नुभएको छ ।

“इजरायलले ढिलो वा चाँडो एक वर्षदेखि गरिरहेको र अझै जारी रहेको यस नरसंहारको मूल्य चकाउनेछ भन्ने भुल्नु हुँदैन”, उहाँले सामाजिक सञ्जाल एक्समा भन्नुभयो ।

हमाससहित प्यालेस्टिनी मुद्दाको प्रखर समर्थक एर्दोगानले प्राय इजरायलमाथि हमला गर्नुभयो र इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूलाई ‘गाजाका कसाई’ भन्दै नाजी जर्मनीका एडोल्फ हिटलरसँग तुलना गर्नुभयो ।

“जसरी हिटलरलाई मानवताको गठबन्धनले रोकेको थियो, नेतान्याहू र उहाँको हत्या नेटवर्कलाई पनि त्यसरी नै रोकिनेछ’, उहाँले भन्नुभयो, “गाजा नरसंहारको कुनै हिसाब नराखिने संसारमा कहिल्यै शान्ति प्राप्त हुनेछैन ।”

हमासलाई प्राय स्वतन्त्रता सेनानीको रूपमा प्रशंसा गर्ने एर्दोगानले ठिक एक वर्षमा सम्पूर्ण विश्वको आँखा अगाडि जे नरसंहार भएको छ ‘त्यो वास्तवमा सम्पूर्ण मानवता र भविष्यका लागि मानवताको सबै आशाहरू हो’ भन्नुभयो ।

गाजा र अहिले लेबनानमा भएको द्वन्द्व रोक्न अन्तर्राष्ट्रिय प्रणालीको असफलताको पनि आलोचना गर्दै उहाँले भन्नुभयो, “इजरायलको नरसंहार, कब्जा र आक्रमणको नीति अब अन्त्य हुनुपर्छ ।”


प्रतिक्रिया