`

इजरायलमा गोली चल्दा एक प्रहरीको मृत्यु, तीन सर्वसाधारण घाइते

Nepal One HD २९ असोज २०८१ २१:०७
विश्व

मङ्गलबार दक्षिणी इजरायलमा गोली चल्दा एक प्रहरी अधिकारीको मृत्यु हुनुका साथै तीन सर्वसाधारण घाइते भएको स्थानीय प्रहरीले एक विज्ञप्तिमा जनाएको छ ।

विज्ञप्ति अनुसार आक्रमणकारीले रुट चार मा याभने इन्टरचेन्ज नजिकैबाट गुज्रिरहेको कारमा गोली चलाएको थियो ।

प्रत्यक्षदर्शी ट्रक चालकले बन्दुकधारीमाथि गोली चलाएको र उनको हत्या गरेको प्रहरीले जनाएको छ । आक्रमणको जिम्मेवारी हाल सम्म कुनै समूहले लिएका छैन् ।


प्रतिक्रिया