साफ च्याम्पियनसिपमा नेपाल र भुटान गोलरहित बराबरीमा

खेलकुद

काठमाडौं । साफ महिला च्याम्पियनसिपमा नेपाल पहिलो खेलमै रोकिएको छ । शुक्रबार साँझ भएको समूह ‘बी’को खेलमा नेपाल भुटानसँग गोलरहित बराबरीमा रोकिएको हो ।
त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा भएको खेलमा दुवै टोलीले गोलको लागि अवसर सिर्जना गरेपनि गोल गर्न असफल भएका हुन् । घरेलु समर्थकमाझ आक्रामक रुपमा मैदान उत्रिएको नेपालको लागि भुटानकी गोलरक्षक संगीता मोन्गेर बाधक बनिन् ।
यससँगै भुटानले नेपाल विरुद्ध ऐतिहासिक बराबरी खेलेको छ । यसअघिको पाँच खेलमा फराकिलो हार बेहोर्दै आएको भुटानले आज उत्कृष्ट डिफेन्सको नमुना देखाउँदै नेपालसँग अंक खोसेको हो । बराबरीसँगै दुवै टोलीले एक/एक अंक जोडेका छन् ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट