`

थप्रेक दौड प्रतियोगितामा मगर प्रथम

Nepal One HD ३ कार्तिक २०८१ ७:५९
खेलकुद

दमौली (तनहुँ-यहाँको शुक्लागण्डकी नगरपालिका–१ थप्रेकमा आयोजित दौड प्रतियोगितामा पोखराका गिरु मगर प्रथम भएका छन् । दसैंको अवसरमा तमु हरियाली क्लबले आयोजना गरेको प्रतियोगितामा निर्धारित आठ किलोमिटर दूरी ३४ मिनेट ११ सेकेण्डमा पार गर्दै मगरले उपाधि जितेका हुन् ।

उक्त दूरी ३७ मिनेट १८ सेकेण्डमा पार गर्दै स्थानीय अनमोल गुरुङ द्वितीय र ३८ मिनेट १८ सेकेण्डमा पार गर्दै आरोह गुरुङ तृतीय भए । ओखल्दीबाट सुरु भएको दौड ठाँटी, थप्रेक, काठीपिपल, राम्दी हुँदै गैरीस्वारा पुगेर टुङ्गिएको थियो । प्रतियोगितामा ३० जनाले प्रतिस्पर्धा गरेका थिए । क्लबका अध्यक्ष लोकबहादुर गुरुङकाअनुसार विजेताले क्रमशः रु १० हजार, पाँच हजार र तीन हजार नगद पुरस्कार प्राप्त गरेका छन् ।


प्रतिक्रिया