राष्ट्रिय फुटबल टिमको अन्तरिम मुख्य प्रशिक्षकमा न्यौपाने नियुक्त

खेलकुद

काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टिमको अन्तरिम मुख्य प्रशिक्षकमा नविन न्यौपाने नियुक्त भएका छन् । अखिल नेपाल फुटबल संघ (एन्फा) ले न्यौपानेलाई अन्तरिम मुख्य प्रशिक्षकमा नियुक्त गरेको हो ।
सोमबार एन्फा कम्प्लेक्स सातदोबाटोमा एन्फा महासचिव किरण राईले न्यौपानेलाई अन्तरिम मुख्य प्रशिक्षकको नियुक्ति पत्र दिएका हुन् ।
त्यस्तै, एन्फाले चेतन घिमिरेलाई सहायक प्रशिक्षक र नवीन महर्जनलाई गोलकिपिङ प्रशिक्षकको जिम्मेवारी दिएको छ । अन्तरिम मुख्य प्रशिक्षक न्यौपानेकै टिमले नोभेम्बरमा हुने ताजिकिस्तानविरुद्धको मैत्रीपूर्ण खेलका लागि राष्ट्रिय टिम पनि घोषणा गर्नेछ ।



प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट