`

आगामी शनिबार भक्तपुर जिल्लाकै ठूलो राशीको ‘हाफकोर्ट’ बास्केटवल प्रतियोगिता हुने

Nepal One HD ७ कार्तिक २०८१ १७:३४
खेलकुद

भक्तपुर । कार्तिक १० गते भक्तपुर जिल्लाकै ठूलो राशीको ‘हाफकोर्ट’ बास्केटवल प्रतियोगिता हुने भएको छ । दशैं अघिनै प्रतियोगिता गर्ने भनिएपनि बाढीपहिरो तथा अन्य प्राकृतिक विपत्तिका कारण देशनै शोकमा परेकाले स्थगित गरिएको थियो ।

प्रतियोगितामा भक्तपुर र काभ्रे जिल्लाका प्रतियोगिहरुले सहभागिता जनाउन पाउने आयोजक विकास संरक्षण तथा प्रवद्र्धन समिति गुण्डूले जानकारी दिएको छ ।

प्रतियोगिताको विजेतालाई ५० हजार, उपविजेतालाई २० हजार र उत्कृष्ट खेलाडीलाई पाँच हजार पुरस्कार रहेको समितिका संयोजक दिनेश थापाले जानकारी दिए।

शनिबार बिहान ७ बजे हुने प्रतियोगिता शुरु हुने उनले बताए । नेकपा (एमाले)का पोलिटव्युरो सदस्य महेश बस्नेत र बासुदेव थापाले संयुक्त रुपमा पार्किङसहितको सुविधा सम्पन्न प्रतियोगिता हुने खेलमैदान उद्घाटन गरिने भएको छ ।

समापन कार्यक्रमको प्रमुख अतिथि बागमती प्रदेशका स्वास्थ्यमन्त्री किरण थापा तथा विशेष अतिथि जिल्ला समन्वय प्रमुख इश्वर बहादुर थापा रहने संयोजक थापाले बताए ।

एमाले नेता बस्नेत भक्तपुर क्षेत्र नं. २ बाट प्रतिनिधिसभाको सांसद भएको समयमा ‘सांसद विकास कोष र नगरपालिकाको सहकार्य’मा ४० लाख रुपैयाँको लागतमा निर्माण गरिएको सुन्दर तथा मनोरम प्राकृतिक वातावरणसहितको उक्त बास्केटवल खेलमैदान हाल व्यवस्थापकीय कार्य सम्पन्न गरी उद्घाटन गर्न लागिएको हो ।

उक्त स्थानमा नेता बस्नेतको ड्रिम प्रोजेक्टको रुपमा फुटसल मैदान, पार्क, पर्यटन प्रवद्र्धनात्मक कार्य तथा अन्य विभिन्न कार्यहरु समेत निर्माण सम्पन्न भइसकेका छन् ।


प्रतिक्रिया