रास्वपाको केन्द्रीय समिति बैठक सुरु
फोटोफिचर
काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समिति बैठक पार्टी केन्द्रीय कार्यालयमा सुरु भएको छ।
बिहान ११ बजेका लागि बोलाइएको बैठक केही तयारीका कारण करिब दुई घण्टा स्थगित गरिएको थियो। त्यसपछि बैठक सुरु भएको हो।
बैठकमा हालै सम्पन्न महाधिवेशनको समीक्षा, आवश्यक कार्यविधिको तर्जुमा तथा परिमार्जन, पार्टीको सांगठनिक व्यवस्थापन, विभिन्न तहमा मनोनयन तथा आगामी राजनीतिक अभियान र कार्यक्रम सञ्चालनका विषयमा छलफल हुने कार्यसूची रहेको छ।
रास्वपाले महाधिवेशनपछि संगठनलाई थप व्यवस्थित बनाउने, रिक्त पदहरूमा मनोनयन गर्ने तथा आगामी राजनीतिक कार्यक्रम तय गर्ने तयारी गरिरहेको सन्दर्भमा यस बैठकलाई महत्त्वपूर्ण रूपमा हेरिएको छ।
बैठकका निर्णय सार्वजनिक भएपछि पार्टीको आगामी रणनीति र संगठनात्मक योजनाबारे थप स्पष्ट हुने अपेक्षा गरिएको छ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट









