`

निर्वाचन अघिगरेका प्रतिवद्धताहरु जसरी पनि पूरा गर्ने छु : मेयर डंगोल

Nepal One HD १८ मंसिर २०८१ १८:४२
राजनीति

काठमाडौं । कीर्तिपुर नगरपालिकाका ननिर्वाचित प्रमुख कृष्णमान डंगोलले पद तथागोपनीयताको शपथग्रहण गरेका छन् ।मंगलबारकीर्तिपुर नगरपालिकाको सभाहलमा कांग्रेसका मेयर डंगोलले पद तथा गोपनीयताको शपथग्रहण गरेका हुन् । शपथग्रहण पछि उनले आफूले निर्वाचन अघि मत माग्दै गर्दा जनतासामु गरेको प्रतिवद्धताहरु पूरा गर्ने विश्वास दिलाए । उनले आफ्नो पहिलो निर्णय स्वास्थ्यबाटकाम सुरु गर्ने जानकारी दिए ।

उनले भने,‘मैले तपाईहरुसामु भोट माग्दा गरेका प्रतिवद्धताहरु यो दुई वर्षको कायकालमा एकछिन पनि आरामनगरीकन,नथाकिकन सकेसम्म पूरा गर्ने विश्वास दिलाउन चाहन्छु । तपाईहरुको विश्वास टुट्न दिने छैन् । पहिले आफ्नो पहिलो निर्णय स्वास्थ्यबा ट गर्ने छु ।’

मेयर कृष्णमान डंगोल पाँचहजार ३३४ मत प्राप्त गरी विजयी भएका हुन् । सोमबार राति सकिएको गणनामा उनका निकटतम प्रतिस्पर्धी नेकपा (माओवादी केन्द्र)काशिवशरण महर्जनले चार हजार ५५५ मत प्राप्त गरे ।यस्तै, एमाले)का सुरेन्द्र मानन्धरले चार हजार ३२७ र स्वतन्त्रउम्मेदवार राजमानमहर्जन ‘मानव’ले दुई हजार ३६ मत पाएकाथिए ।


प्रतिक्रिया