`

सिड्नीमा यसरी गरियो नयाँवर्षको स्वागत

Nepal One HD १६ पुष २०८१ २३:४२
विश्व

काठमाडौं । अष्ट्रेलियाको सिड्नीमा नयाँ वर्ष सन् २०२५ को भव्य स्वागत गरिएको छ । हार्बर किनारामा भएको विश्वकै आकर्षक आतिशबाजी झण्डै दश लाख मानिसले प्रत्यक्ष हेरेका थिए ।

१२ मिनेट लामो आतिशबाजीले कोकटु द्वीपदेखि पोइन्ट पाइपरसम्म करिब सात किलोमिटर क्षेत्रमा फैलिएको सिड्नी हार्बरलाई उज्यालो बनाएको थियो । यस उत्सवका लागि नौ टनभन्दा बढी पटाका प्रयोग गरिएको थियो।

तस्बिरः सईद खान/ एएफपी


प्रतिक्रिया