`

भारतमा ‘इसरो’को नयाँ प्रमुखको नियुक्ति

Nepal One HD २५ पुष २०८१ ७:०१
विश्व

भारतको सङ्घीय सरकारले वी नारायणनलाई भारतीय अन्तरिक्ष अनुसन्धान सङ्गठन (इसरो) को नयाँ प्रमुख र अन्तरिक्ष विभागको सचिवको रूपमा नियुक्त गरेको छ ।

सरकारी आदेश अनुसार, नारायणनले जनवरी १४ मा पदभार ग्रहण गर्नेछन् । उहाँ वर्तमान इसरो अध्यक्ष एस सोमनाथको उत्तराधिकारी हुनेछन् ।

एक प्रतिष्ठित इसरो वैज्ञानिक नारायणन हाल लिक्विड प्रोपल्सन सिस्टम्स सेन्टरका निर्देशकको रूपमा सेवा गर्नुहुन्छ ।
भारतको सरकारी प्रसारक अल इन्डिया रेडियोले नारायणन स्पेसक्राफ्ट प्रोपल्सन विशेषज्ञ रहेको बताउनुभयो । उहाँ सन् १९८४ मा इसरोमा सामेल भएका थिए ।


प्रतिक्रिया