`

विद्यार्थी संगठनहरूलाई विश्वविद्यालयहरूमा बन्द हड्ताल नगर्न मन्त्रालयको निर्देशन

Nepal One HD ६ माघ २०८१ २१:४५
शिक्षा

काठमाडौं । शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले विद्यार्थी संगठनहरूलाई विश्वविद्यालयहरूमा बन्द हड्ताल नगर्न निर्देशन दिएको छ ।

आइतबार मन्त्रालयका प्रवक्ता शिवकुमार सापकोटाले विज्ञप्ति जारी विश्वविद्यालयअन्तर्गतका क्याम्पस तथा शैक्षिक सेवा प्रवाह गर्ने संस्थाहरूमा तालाबन्दी, हड्ताल लगायतका गतिविधि कायमै रहेको भन्दै मन्त्रालयको गम्भीर ध्यानाकर्षण भएको जनाएका हुन् ।

विज्ञप्तिमा भनिएको छ, ‘विभिन्न पेशागत तथा विद्यार्थी सङ्गठनका नामबाट विभिन्न विश्वविद्यालय अन्तर्गतका क्याम्पस तथा शैक्षिक सेवा प्रवाह गर्ने संस्थाहरूमा तालाबन्दी, हड्ताल लगायतका गतिविधि कायमै रहेकोमा मन्त्रालयको गम्भीर ध्यानाकर्षण भएको छ।’

मन्त्रालयले शान्तिपूर्ण वातावरणमा ज्ञान आर्जन गर्न र सिक्न पाउने अधिकारको हनन हुने गरी शैक्षिक संस्थाभित्र अवरोध नगर्न पनि आग्रह गरेको छ ।


प्रतिक्रिया