`

खो–खो विश्वकपमा उपविजेता नेपाली टोलीलाई विमानस्थलमा भव्य स्वागत

Nepal One HD ७ माघ २०८१ १९:१७
खेलकुद

काठमाडौं । भारतमा भएको खो–खो विश्वकपमा उपविजेता बनेको नेपाली टोलीलाई भव्य स्वागत गरिएको छ । सोमबार स्वदेश फर्केको टोलीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भव्य स्वागत गरिएको हो ।

राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टंकलाल घिसिङलगायतले उनीहरुलाई स्वगत गरेका थिए । पहिलो विश्वकपमै नेपालका महिला र पुरुष टोलीनै फाइनलमा पुगेका थिए । आइतबार भएको उपाधि भिडन्तमा भारतसँग पराजित हुँदै उपविजेता बनेका थिए ।


प्रतिक्रिया