`

यु-१९ महिला टी–२० विश्वकपमा नेपाल अस्ट्रेलियासँग पराजित

Nepal One HD ९ माघ २०८१ १५:४८
खेलकुद

काठमाडौं । आईसीसी यु-१९ महिला टी–२० विश्वकप क्रिकेटमा नेपाल अस्ट्रेलियासँग ८३ रनले पराजित भएको छ ।

अस्ट्रेलियाले दिएको १४० रनको लक्ष्य पछ्याएको नेपालले २० ओभरमा ८ विकेट गुमाएर ५६ रनमात्र बनाउन सक्यो । पराजित भएसँग नेपाल समूह चरणबाटै बाहिरिएको छ । नेपालकी कप्तान पूजा महतोले सबैभन्दा धेरै १८ रन बनाइन् ।

नेपालका अन्य खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन् । अस्ट्रेलियाकी हसरत गिल, जुलिटी मोर्टन र लिली बेसिंगथवाइटले २/२ विकेट लिए ।

यसअघि मलेसियाको बाङ्गीमा रहेको यूकेएम क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको अस्ट्रेलियाले २० ओभरमा ६ विकेट गुमाएर १३९ रन बनाएको थियो ।


प्रतिक्रिया