`

प्रधानमन्त्री निवास बालुवाटारमा सत्तारुढ दलको बैठक

Nepal One HD १४ माघ २०८१ १८:३३
राजनीति

काठमाडौं । सत्तारुढ दलहरूको बैठक सुरु भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बैठक बसिरहेको हो ।

बैठकमा प्रधानमन्त्री अध्यक्ष केपी शर्मा ओली, कांग्रेस सभापति शेरबहादुर देउवा, एमाले विष्णुप्रसाद पौडेल, कांग्रेस उपसभापति पूर्णबहादुर खड्का, लोकतान्त्रिक समाजवादी पार्टी नेपालका अध्यक्ष महन्थ ठाकुर, नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रञ्जिता श्रेष्ठ, जनमत पार्टीका अध्यक्ष डा चन्द्रकान्त (सीके) राउत, जनता समाजवादी पार्टी नेपालका नेता राजकिशोर यादव तथा संसदीय दलका प्रमुख सचेतकसमेत सहभागी छन् ।

बैठकको आरम्भ गर्दै प्रधानमन्त्री ओलीले जनतालाई सेवा दिन र विकास निर्माणका कामलाई गति दिन अत्यावश्यक भएका अध्यादेशहरूलाई संसदको पहिलो दिनमै पेस गर्ने र छिट्टै प्रतिस्थापन विधेयक प्रस्तुत गर्नुपर्ने बताएका छन् ।

बैठकमा समसामयिक राजनीतिका साथै सरकार सञ्चालन, संसदको हिउँदे अधिवेशनलगायतका विषयमा छलफल हुने बताइएको छ । यही १८ माघदेखि संसदको हिउँदे अधिवेशन सुरु हुँदै छ ।


प्रतिक्रिया