`

बागमती प्रदेश सभापति कप फुटबलको फाइनलमा प्रवेश

Nepal One HD १५ माघ २०८१ २१:२०
खेलकुद

काठमाडौँ, १५ माघः आयोजक नेपाल लोकतान्त्रिक खेलकुद सङ्घ बागमती प्रदेश (बागमती) सभापति कप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा आज भएको सेमिफाइनल खेलमा बागमती ‘ए’ डिभिजन टोली एनआरटीलाई पेनाल्टी सुट आउटमा ४–२ गोलअन्तरले पराजित गर्दै प्रतियोगिताको फाइनमा पुगेको हो ।

खेलको निर्धारित समयमा दुबै टोलीले २–२ गोलको बराबरी खेलेपछि खेल टाइब्रेकरमा पुगेको थियो । जसमा बागमतीले फाइनल यात्रा तय गरेको हो । यससँगै बागमतीले यही माघ १७ गते सङ्कटा क्लबसँग फाइनल खेल्नेछ । प्रतियोगिताको विजेताले रु २६ लाख तथा उपविजेताले रु १३ लाख प्राप्त गर्नेछन् ।


प्रतिक्रिया