`

अमेरिकाको उत्तरपूर्वी फिलाडेल्फियामा अर्को विमान दुर्घटना

Nepal One HD १९ माघ २०८१ ९:३७
विश्व

बीबीसी । अमेरिकाको उत्तरपूर्वी फिलाडेल्फियामा जहाज दुर्घटना भएको छ । उडिरहेको जहाज भवनमा ठोक्किएर दुर्घटना भएको हो । बीबीसीकाअनुसार दुर्घटनापछि घर र सवारी साधनमा आगलागी भएको थियो । केही मानिसहरु पनि घाइते भएका छन् ।

जहाजमा रहेका यात्रुको अवस्थाबारे जानकारी नआएको प्रहरीले जनाएको छ । जहाज दुर्घटना रुजवेल्ट मलबाट केही टाढा भएको थियो । यो पेन्सिलभेनिया शहरको घना बस्ती भएको क्षेत्रमा पर्छ । यसअघि गत बिहीबार वासिङटन डीसीमा अमेरिकन एयरलायन्सको विमान हेलिकप्टरसँग ठोक्किएर दुर्घटना भएको थियो ।


प्रतिक्रिया