`

महिला त्रिकोणात्मक टी–२० क्रिकेटः नेपालले थाइल्याण्डलाई दियो १०२ रनको लक्ष्य

Nepal One HD १९ माघ २०८१ १४:०४
खेलकुद

काठमाडौं । महिला त्रिकोणात्मक टी–२० क्रिकेटमा नेपालले थाइल्याण्डलाई १०२ रनको लक्ष्य दिएको छ ।

शनिबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी खेलमा नेपालले पूरै २० ओभर खेलेर ९ विकेटको क्षतिमा १०१ रन बनाएको हो ।

नेपालका लागि कविता कुँवरले २५ रन बनाउँदा विन्दु रावलले पनि २५ रन नै जोडिन् । कप्तान इन्दु बर्माले १५ रन बनाइन् । अन्य खेलाडीले दोहोरो अङ्कको रन बनाउन सकेनन् ।महिला त्रिकोणात्मक टी–२० क्रिकेटः नेपालले थाइल्याण्डलाई दियो १०२ रनको लक्ष्य


प्रतिक्रिया