`

टाइगर कप भलिबलमा टाइगर ग्रुप पोखरा फाइनलमा

Nepal One HD १९ माघ २०८१ १४:१६
खेलकुद

कास्की । आयोजक टोली टाइगर ग्रुप पोखरा पोखरामा जारी टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय महिला तथा पुरुष भलिबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । पोखरा रङ्गशालामा शनिबार भएको दोस्रो क्वालिफायरमा टाइगर ग्रुप पोखराले टिपटप न्यू डायमण्ड स्पोटर््स क्लबलाई ३–१ सेटले पराजित गरेको हो । 

पहिलो सेट १६–२५ अङ्कले गुमाएको टाइगर ग्रुपले दोस्रो, तेस्रो र चौथो सेटमा उत्कृष्ट खेल प्रदर्शन गर्दै फाइनलमा स्थान बनाएको हो । टाइगर ग्रुपले दोस्रो सेट २५–१९ अङ्कले, तेस्रो सेट २५–१५ र चौथो सेट २५–२३ अङ्कले आफ्नो पक्षमा पारेको हो । टाइगर गु्रपले उपाधिका लागि आइतबार सशस्त्र प्रहरी बलको एपिएफ क्लबसँग प्रतिस्पर्धा गर्नेछ । 

पराजित भई तेस्रो भएको न्यू डायमण्डले रु एक लाख ८५ हजार पाँच सय ५५ पुरस्कार प्राप्त गरेको छ । 

प्रतियोगितामा पुरुषतर्फ दोस्रो क्वालिफायरमा गण्डकी प्रदेश भलिबल सङ्घ र त्रिभुवन आर्मी क्लबबीच प्रतिष्पर्धा हुनेछ ।  खेलको विजेताले उपाधिका लागि आइतबार नेपाल पुलिस क्लबसँग खेल्नेछ ।

प्रतियोगिताको च्याम्पियन टोलीले महिला तथा पुरुषतर्फ समान रु पाँच लाख ८५ हजार पाँच सय ५५ तथा द्वितीय हुने टोलीलाई समान  दुई लाख ८५ हजार पाँच सय ५५ पुरस्कार प्राप्त गर्नेछन् ।

महिला तथा पुरुषतर्फ सर्वोत्कृष्ट बन्ने खेलाडीलाई जनही २५ हजार सात सय ७७ पुरस्कार प्रदान गरिने प्रतियोगिताका प्रचारप्रसार संयोजक इन्द्रप्रसाद पौडेलले जानकारी दिए ।


प्रतिक्रिया