नेपाल नेदरल्याण्ड्ससँग १५ रनले पराजित

खेलकुद

काठमाडौं । महिला त्रिकोणात्मक टी–२० क्रिकेट सिरिजमा नेपाल तेस्रो खेलमा पनि पराजित भएको छ । आइतबार त्रिवि क्रिकेट मैदानमा भएको खेलमा नेपाल नेदरल्याण्ड्ससँग १५ रनले पराजित भएको हो ।
नेदरल्याण्ड्सले दिएको १४१ रनको लक्ष्य पछ्याएको नेपालले पूरै ओभर खेलेर ८ विकेटको क्षतिमा १२५ रन मात्र बनायो । नेपालका लागि कप्तान इन्दु बर्माले ३० र सम्झना खड्काले २३ रन बनाइन् । पूजा महतोले १८ र कविता जोशीले १४ रन बनाइन् ।
यसअघि नेदरल्याण्ड्सले पूरै ओभर खेलेर ९ विकेटको क्षतिमा १४० रन बनाएको थियो । यसअघि उद्घाटन खेलमा नेपाल नेदरल्याण्ड्ससँग २० रनले पराजित भएको थियो भने शनिबार भएको दोस्रो खेलमा नेपाल थाइल्याण्डसँग पराजित भएको थियो ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट