मलेसियामा बाढीका कारण १३ हजारभन्दा बढी विस्थापित

विश्व

मलेसियाको उत्तरी बोर्नियो राज्य सारावाक र सबाहमा आएको बाढीका कारण १३ हजार भन्दा बढी मानिस विस्थापित भएका स्थानीय अधिकारीहरूले बताएका छन् ।सारवाकमा ११ हजार ८४० मानिसहरूलाई ६३ बाढी राहत केन्द्रहरूमा राखिएको समाज कल्याण विभागले जनाएको छ ।
यसैबीच, उपप्रधानमन्त्री फडिल्लाह युसुफले यस पटक विपद्को सामना गर्न निकै चुनौतीपूर्ण रहेको बताउनुभयो । विशेषगरी विन्तुलु जिल्लामा आएको बाढीका कारण लजिस्टिक कठिनाइ रहेको उहाँले बताउनुभयो ।मौसम विभागले कम्तीमा ४ फेब्रुअरीसम्म विशेषगरी सारावाकका धेरै जिल्लामा लगातार भारी वर्षा हुने चेतावनी जारी गरेको छ ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट