सनिशलाई यस वर्षको उत्कृष्ट राष्ट्रिय फुटबल खेलाडी सम्मान

खेलकुद

कास्की, २२ माघः सहारा क्लब पोखराद्वारा प्रदान गरिने यस वर्षको उत्कृष्ट राष्ट्रिय फुटबल खेलाडी सम्मान रक्षक सनिश श्रेष्ठले प्राप्त गर्ने भएका छन् । प्रतिभा छनोट समितिको सोमबारको बैठकले श्रेष्ठलाई उक्त सम्मान प्रदान गर्ने निर्णय गरेको हो ।
क्लबका महासचिव रामजीप्रसाद अधिकारीले सनिशलाई नगद रू ५० हजार पाँच सय पाँच र सम्मानपत्र रहेको छ । तनहुँको पुर्कोटका सनिश विगत सात वर्षदेखि राष्ट्रिय टोलीमा रहेर फुटबल खेल्दै आएका छन् ।
नेपाली फुटबल क्षेत्रमा उत्कृष्ट योगदान दिएबापत क्लबले बर्सेनी एक जना राष्ट्रियस्तरको फुटबल खेलाडीलाई पुरस्कृत गर्दै आएको छ । यसअघि भरत खवास, किरण चेम्जोङ, सुजल श्रेष्ठ, अभिषेक रिजाल, अञ्जन विष्ट, अनन्त तामाङ र आयुष घलान सम्मानित भइसक्नुभएको छ ।
सहारा क्लब पोखराको आयोजनामा २४औँ संस्करणको आहा रारा पोखरा गोल्डकप आजदेखि सुरु हुँदैछ । माघ २२ देखि फागुन ३ सम्म पोखरा रङ्गशालामा हुने सो प्रतियोगितामा १२ टिमले भाग लिँदैछन् । प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको क्लब अध्यक्ष केशवराज बरालले बताउनुभयो । उद्घाटन खेल आयोजक सहारा र नेपाल पुलिस क्लबबीचमा हुँदैछ । प्रतियोगिता उद्घाटन अवसरमा श्रेष्ठलाई उत्कृष्ट राष्ट्रिय फुटबल खेलाडी सम्मानद्वारा सम्मान गरिनेछ ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट