`

तोलामा सात सयले बढ्यो सुनको मूल्य

Nepal One HD ६ फागुन २०८१ ११:४८
अर्थ समाचार

काठमाडौँ । अन्तर्राष्ट्रिय बजारमा भएको उतारचढावसँगै नेपाली बजारमा पनि सुनको मूल्य थपघट भएको छ । स्थानीय बजारमा मंगलबार प्रतितोला सुनमा ७०० रुपैयाँले वृद्धि भएको छ ।

मङ्गलबार प्रतितोला सुन एक लाख ६८ हजार ७०० मा खरिदबिक्री भएकामा सोही परिमाणको सुन आज बढेर प्रतितोला रु एक लाख ६९ हजार ४०० कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

आज चाँदीको मूल्य भने स्थिर छ । चाँदी प्रतितोला रु एक हजार ९७० मा कारोबार भइरहेको छ । अन्तरराष्ट्रिय बजारमा आज सुन प्रतिऔँस दुई हजार ९१४ अमेरिकी डलरमा कारोबार भइरहेको छ । 


प्रतिक्रिया