पहिलो टपसप ८८४८ हिमालयन म्युजिक एण्ड फिल्म अवार्ड अमेरिकामा हुने


काठमाडौँ । पहिलो टपसप ८८४८ हिमालयन म्युजिक एण्ड फिल्म अवार्ड हुने भएको छ । अवार्ड सम्बन्धी विशेष प्रेस मिट हिल्टन होटलमा सम्पन्न भएको छ। सतिसाल इन्टरनेशनल एलएलसीका (लकेश श्रेष्ठ) र बुद्ध कर तथा लेखा (पशुपति श्रेष्ठ) को संयुक्त आयोजनामा अवार्ड सम्बन्धी जानकारी दिँदै काठमाडौँको हिल्टन होटलमा सम्पन्न भएको हो ।
भव्य रुपमा आयोजना गरिको कार्यक्रममा नेपाली चलचित्र तथा संगीत क्षेत्रका प्रतिष्ठित व्यक्तित्वहरूको बाक्लो उपस्थिति रहेको थियो। सोहि कार्यक्रममा नेपालका वरिष्ठ अभिनेता कृष्ण मल्ल, एक्सन निर्देशक राजेन्द्र खड्की, अभिनेता रविन्द्र खड्का, सञ्चारकर्मी सुरजसिंह ठकुरी, वरिष्ठ गायकहरू प्रेमराज महत, ओम विक्रम विष्ट, यम बराल, बद्री पंगेनी,निर्देशक दिलिप समन लगायत अन्यको सहभागिता रहेको थियो । यस अवार्डको उद्देश्य भनेको नेपाली चलचित्र तथा संगीत क्षेत्रलाई अन्तर्राष्ट्रिय स्तरमा प्रवर्द्धन गर्ने योजना, र न्यूयोर्कमा आयोजना हुने अवार्ड समारोहबारे जानकारी गराए। उक्त समारोहमा बिभिन्न बिधामा अवार्ड बितरण गर्ने नेपाली कलाकारहरूलाई सम्मान गरिनुका साथै लाइफटाइम अचिभमेन्ट अवार्ड पनि प्रदान गरिनेछ।
त्यसैगरि अवार्ड समारोहमा टाइटल स्पोन्सर टप सप काठमाडौं र सह – प्रायोजकको रूपमा समिप इन्टरटेनमेन्टलाई चयन गरिएको छ । कार्यक्रममा आयोजक टोलीले टपसप ८८४८ हिमालयन म्युजिक एण्ड फिल्म अवार्डको उद्देश्य, नेपाली चलचित्र तथा संगीत क्षेत्रलाई अन्तर्राष्ट्रिय स्तरमा प्रवर्द्धन गर्ने योजना, र न्यूयोर्कमा आयोजना हुने अवार्ड समारोहबारे जानकारी गराए। उपस्थित कलाकार, सञ्चारकर्मी तथा आयोजकहरूले नेपाली कलाकारहरूको योगदानलाई अन्तर्राष्ट्रिय मञ्चमा सम्मान गर्ने अवसरका रूपमा यस अवार्डलाई महत्वपूर्ण मञ्च हुने विश्वास व्यक्त गरेका थिए । बिभिन्न बिधामा अवार्ड बितरण गर्ने नेपाली कलाकारहरूलाई सम्मान गरिनुका साथै लाइफटाइम अचिभमेन्ट अवार्ड पनि प्रदान गरिनेछ।
अवार्ड नेपाली कला, संगीत तथा चलचित्र क्षेत्रमा लामो समय योगदान पु¥याएका वरिष्ठ कलाकारलाई प्रदान गरिने छ। यस अवार्डले नेपाली कलाकारहरूको मेहनत र समर्पणलाई अन्तर्राष्ट्रिय रूपमा सम्मान गर्ने उद्देश्य राखेको छ। यस विशेष अवार्ड समारोहमा नेपालका ख्यातिप्राप्त कलाकार, निर्देशक, संगीतकार, गायक तथा सञ्चारकर्मीहरूको सहभागिता रहने छ। साथै, अवार्ड वितरणका क्रममा सांगीतिक प्रस्तुति तथा अन्य विशेष कार्यक्रमहरू पनि समावेश गरिने जानकारी आयोजक समितिले दिएको छ ।