`

‘आफ्नै पसिना र मेहनतले बनाएको बालकोटको घरलाई भ्रष्टाचार गरेर बनाएको बालकोट दरबार भन्न मिल्दैन’

Nepal One HD १० फागुन २०८१ १४:४१
प्रमुख खबर

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीकी पत्नी राधिका शाक्यको पुस्तक ‘करुणा’ को लोकार्पण गरिएको छ । शनिबार एक विशेष समारोहकाबीच पुस्तक लोकार्पण गरिएको हो ।

पुस्तक लोकार्पण कार्यक्रममा शाक्यले गरिब दुःखीहरुका विषयहरु पुस्तकमा समेटिएको बताइन् । उनले सानैदेखि बालापन, विहेसम्मका कुराहरु यो पुस्तकमा समेटिएको बताइन् । साथै उनले भक्तपुर बालकोटको आफ्नो घरलाई धेरैजसोले दरबार भन्ने गरेकोमा दुःखेसो व्यक्त गरिन् ।

बालकोटको घर कसरी बन्यो भनेर प्रश्न गर्नुहुन्छ त्यसको म एक एक हिसाब बुझाउन तयार रहेको समेत बताउँदै उनले आफ्नै पसिना, मेहनतले घर बनाएको प्रष्ट पारिन् ।

उनले भनिन्, ‘३३ वर्ष राष्ट्र बैंकमा काम गर्ने मौका पाएँ । मलाई बस्ने घर त्यही संस्थाले दिएको छ, जसोतसो बस्ने घर हामीले बनाएका हौं । आफ्नै पसिना, मेहनतले घर बनाएका हौं । यसमा भ्रष्टाचार गरेर बनाएको बालकोट दरबार भन्न मिल्दैन ।’


प्रतिक्रिया