सरकारले गरेको कामलाई जनताबीच पुर्याउन नेता तथा कार्यकर्तालाई मन्त्री महासेठको आग्रह
राजनीति
जनकपुर, १० फागुनः नेपाल कम्युनिष्ट पार्टी (एमाले) का केन्द्रीय सचिव एवं पूर्वउपप्रधानमन्त्री रघुवीर महासेठले वर्तमान सरकार देशको समृद्धि र विकासका लागि बनेकाले सोहीअनुसार एकताबद्ध भएर काम गर्नुपर्नेमा जोड दिनुभएको छ ।
एमाले धनुषाले आज यहाँ आयोजना गरेको वडाकेन्द्रित पार्टी निर्माण अभियान अभिमुखीकरण कार्यक्रममा उहाँले वर्तमान सरकारले गरेको कामलाई जनताबीच पुर्याउन नेता तथा कार्यकर्तालाई आग्रह गर्नुभयो ।
एमालेका सङ्गठन विभाग प्रमुख काशिनाथ अधिकारीले पार्टी सुदृढीकरणका लागि अनुशासन, सक्रियता र जनतामाझ निरन्तर सम्पर्क आवश्यक रहेको बताउनुभयो । एमाले मधेस प्रदेश इन्चार्ज लिलानाथ श्रेष्ठले पार्टीको ‘मिसन २०८४’ लाई केन्द्रमा राखेर इमान्दारितापूर्वक सङ्गठन निर्माणमा जुट्न सबै तहका नेता तथा कार्यकर्तालाई आग्रह गर्नुभयो ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
धेरै पढिएको
