`

केबलकार निर्माण गर्न नेपालको कानुन अुनसार नै निजी क्षेत्रलाई अनुमति दिएको होः सचिव भट्टराई

Nepal One HD ११ फागुन २०८१ १४:१४
प्रमुख खबर

काठमाडौं । नेकपा एमालेले पाथीभरा क्षेत्रमा केबलकार निर्माणमा भइरहेको विरोधमा राजनीति छिरेको बताएको छ ।

आइतबारको प्रतिनिधिसभा बैठकमा नेकपा एमालेका सचिव योगेश भट्टराईले केबलकार निर्माणमा भइरहेको विरोधमा राजनीति छिरेको बताएका हुन् ।

उनले केवलकार नेपालको कानुन अुनसार नै निजी क्षेत्रलाई अनुमति दिएको विषय स्मरण गर्नुपर्ने बताए । उनले भने, ‘ताप्लेजुङमा कुबुलकार निर्माणको विषयलाई केही दिनदेखि दुःखद घटना घटिरहेको छ । नेपालको ऐन कानुनको व्यवस्था अनुसार नै निजी क्षेत्रलाई अनुमति दिएको हामीले बिर्सनु हुँदैन । त्यस आधारमा नै निजी क्षेत्रले केबुलकारको काम अगाडि बढाएको हो ।’

उनले लोकतन्त्रमा विरोध गर्न पाइने, तर सभ्य र शान्तिपूर्ण ढंगले विरोधका शैलीलाई अघि बढाउन आवश्यक रहेको बताए । पाथीभरा केवलकार निर्माण विवाद चर्किदै जाँदा प्रहरी र नो केबलकार समूबीच पटक पटक झडप भएको छ ।

शनिबार साँझ प्रहरी र नो केबलकार समूह बीच झडप हुँदा आइतबार ताप्लेजुङमा निधेष आदेश लगाउनुपर्ने अवस्था आएको छ ।


प्रतिक्रिया