धुलिखेलमा बस दुर्घटना, १८ जना घाइते

समाचार

काठमाडौँ । काठमाडौँबाट रामेछाप जाँदै गरेको बस धुलिखेलमा दुर्घटना भएको छ ।
धुलिखेल नगरपालिका-१० सारादा बतासेस्थित बिपी राजमार्गमा बस दुर्घटना भएको हो । दुर्घटनामा १८ जना घाइते भएका छन् ।बागमती प्रदेश-३-०१-००५ ख ९९४२ नम्बरको बस आज बिहान ०८:२० बजेको समयमा अनियन्त्रित भई सडकको नालीमा पल्टिएर दुर्घटना भएको हो ।
दुर्घटनामा घाइते हुनेमा बस चालक र सह-चालकसहित १८ जना घाइते भएका छन्। बसमा २४ जना सवार थिए ।
घाइतेहको धुलिखेल अस्पतालमा उपचार भइरहेकोप्रहरीले जनाएको छ । चालक र सहचालक गम्भीर घाइते छन्।
बस घटनास्थलमै रहेकोले राजमार्गमा एकतर्फी मात्रै सञ्चालन भएको छ ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट