प्रधानमन्त्री ओलीलाई बालेन शाहले भने – मलाई हराउने ताकमा, देशलाई नडुबाउनु होला

प्रमुख खबर

काठमाडौं – काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले आफूलाई हराउने ताकमा , देशलाई चै नडुबाउन प्रधानमन्त्री केपी शर्मा ओलीलाई आग्रह गरेका छन्।
उनले आज एक स्टाटस लेख्दै यस्तो बताएका हुन् । उनले महानगरमा प्रमुख प्रशासकीय अधिकृत नपठाएको सन्दर्भमा शुक्रबार फेसबुकमा लेख्दै यस्तो बताएका हुन्।
उनले लेखेका छन्, ‘प्रधानमन्त्रीज्यु ,भोको पेट मारेर मलाई हराउन खोज्नु भाकोछ ,हामी त तपाईंकै मदन भण्डारीको सपना पुरा गर्न हिडेको मान्छे !मलाई हराउने ताकमा , देशलाई चै नडुबाउनु होला ‘
केही महिनायता काठमाडौं महानगरपालिका प्रमुख प्रशासकीय अधिकृतबिना चलिरहेको छ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट