`

युक्रेन र बेलायतबीच २.२६ बिलियन पाउन्ड ऋण सम्झौतामा हस्ताक्षर

Nepal One HD १८ फागुन २०८१ ८:११
विश्व

बीबीसी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग चर्काचर्की भएप्छि युक्रेनी राष्ट्रपति भ्लोदिमिर जेलेन्स्की बेलायत पुगेका छन् । बेलायती प्रधानमन्त्री किएर स्टार्मरले युक्रेनी राष्ट्रपति जेलेन्स्कीसँग इङ्ग्ल्यान्डको टेन डाउनिङ स्ट्रीटमा भेट गर्दै बेलायत युक्रेनको साथमा रहेको बताएका छन् ।

जेलेन्स्की र स्टार्मरले युक्रेनी सैन्य सामग्री आपूर्तिका लागि २.२६ बिलियन पाउन्ड ऋणमा हस्ताक्षरसमेत गरेका छन् । जेलेन्स्कीले युद्धमा साथ दिएकोमा बेलायतलाई धन्यवादसमेत दिएका छन् । यसअघि जेलेन्स्कीले अमेरिकी राष्ट्रपति ट्रम्पसँग ह्वाइट हाउसमा भेट गरेका थिए । जहाँ दुवै नेताबीचको भेट चर्काचर्की भएको थियो ।

स्टार्मर आइतबार रुस–युक्रेन युद्ध समाप्त गर्ने प्रयासका साथै व्यापक युरोपियन सुरक्षामा चर्चा गर्न युरोपियन देशका नेताहरुको एक शिखर सम्मेलनमा सहभागी हुँदैछन् । यस्तै जेलेन्स्की बेलायतका राजा चाल्र्स तृतीयसँग पनि भेट्ने कार्यक्रम रहेको छ ।


प्रतिक्रिया