`

बैतडीमा गोली हानेर युवकको हत्या

Nepal One HD १८ फागुन २०८१ ११:४२
समाचार

धनगढी । बैतडीमा गोली प्रहार गरेर एक युवकको हत्या भएको छ।

दोगडाकेदार गाउँपालिका–८ का २५ वर्षीय सुरेन्द्र विष्टको गोली प्रहारबाट हत्या भएको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक(डीएसपी) मकेन्द्र मिश्रका अनुसार शनिबार साँझ विष्टमाथि गोली प्रहार भएको थियो। गोली प्रहारबाट घाइते भएका उनको उपचारका क्रममा जिल्ला अस्पतालमा मृत्यु भएको मिश्रले बताए।

उनलाई नातामा दाजु पर्ने सोही ठाउँका ४५ वर्षीय कर्ण विष्टले गोली प्रहार गरेको आरोप छ। कर्ण अहिले फरार छन्। उनको खोजी भइरहेको प्रहरीले जनाएको छ।

दुई जनाबीच रकम लेनदेनको विषयमा शनिबार दिउँसो विवाद भएको थियो। सोही कुरालाई लिएर साँझ उनीमाथि गोली प्रहार भएको प्रहरीले जनाएको छ।


प्रतिक्रिया