धनगढीको शैलेश्वरी सामुदायिक वनमा दुई जना मृत फेला

समाज

धनगढी । कैलालीको धनगढीमा दुई जना मृत फेला परेका छन् । धनगढी उपमहानगरपालिका–९ स्थित शैलेश्वरी सामुदायिक वनमा वडा नम्बर १० का ५० वर्षीय देवल चौधरी र सोही ठाउँका ५१ वर्षीय कैदा रानाको शव भेटिएको हो ।
जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक कबिन्द्रसिंह बोहराका अनुसार एक जनाको झुण्डिएको अवस्थामा र अर्काको भुइँमा पल्टिएको अवस्थामा शव फेला परेको छ ।
आइतबार बिहान स्थानीय बासिन्दाले दुवै जनालाई मृत देखेपछि प्रहरीलाई खबर गरेका थिए । प्रहरीकाअनुसार घटनास्थल नजिक दुईवटा साइकल भेटिएका छन् । घटनाबारे अनुसन्धान भइरहेको उनले बताए ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट