रुपन्देहीमा महिला हत्या आरोपमा अमिरिका थारु पक्राउ


बुटवल । रुपन्देहीमा प्रहरीले हत्या आरोपमा एकजनालाई पक्राउ गरेको छ । दाङको लमही नगरपालिका–७ मा की संगीता चौधरीको हत्यामा संलग्न भएको आरोपमा प्रहरीले रुपन्देहीको तिलोत्तमा नगरपालिका–१२ का अजय भनिने अमेरिकी थारूलाई पक्राउ गरेको हो ।
उनले रुपन्देहीको सियारीमा मृत भेटिएकी चौधरीलाई यौन प्रस्ताव अस्वीकार गर्दा हत्या गरेको खुलेको रुपन्देहीका प्रहरी प्रवक्ता डीएसपी सुरज कार्कीले जानकारी दिए । दाङको लमही नगरपालिका–७ मा घर भएकी संगीताको सियारी गाउँपालिका बेथरी सडक खण्डमा फागुन ८ गते शव फेला परेको थियो ।
प्रहरीकाअनुसार घटना भएको दिन दुवै जनाले मादक पदार्थ सेवन गरेको र अमिरिकाले संगीतालाई यौन प्रस्ताव राखेका थिए । तर, प्रस्ताव अस्वीकार गरेपछि उनले संगीतालाई ढुंगाले टाउकोमा हानेर हत्या गरी परालले छोपेर छाडेको अवस्थामा प्रहरीले शव फेला पारेको थियो ।
हत्यापछि फरार रहेका थारूलाई पक्राउ गरी अदालतबाट आठ दिनको म्याद थप गरेर घटनाको थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।