`

नेमकिपाको अध्यक्षमा विजुक्छे सर्वसम्मत चयन

Nepal One HD २० फागुन २०८१ १९:४८
राजनीति

काठमाडौं । नेपाल मजदुर किसान पार्टी (नेमकिपा) को अध्यक्षमा नारायणमान विजुक्छे सर्वसम्मत चयन भएका छन् । फागुन १६ गतेदेखि सुरु भएको पार्टीको आठौँ महाधिवेशनले बिजुक्छेलाई सर्वसम्मत अध्यक्ष चयन गरेको हो ।

बिजुक्छेको नेतृत्वमा २०३१ साल माघ १० गते नेमकिपाको स्थापना भएको थियो । नेमकिपा स्थापना भएदेखि नै विजुक्छे अध्यक्ष छन् ।


प्रतिक्रिया