सरकार सांसद किनबेचमा लाग्नु लाजमर्दो विषयः अध्यक्ष साह

राजनीति

काठमाडौं । आम जनता पार्टीका अध्यक्ष प्रभु साहले सरकार सांसद किनबेचमा लागेको भन्ने कुरा सुनिएको भन्दै त्यो लज्जास्पद भएको बताएका छन् ।
बुधबारको प्रतिनिधिसभा बैठकमा अध्यक्ष साहले अहिलेको २१औं शताब्दीमा, यो आधुनिक युगमा सांसद किनबेचको विषय हुनु लाजमर्दो र लज्जास्पद भएको बताएका हुन् ।
उनले सिंगो संसद नै अपमानित हुने यो विषयमा सभामुखलाई गम्भीर हुन आग्रह गरे । उनले भने, ‘सरकार सांसद किनबेचमा लागेको भन्ने कुरा सुनिराखेका छौं । सत्ता गठबन्धनकै प्रमुख नेताले अध्यादेश पारित गराउनको लागि सरकारले यो काम गरिरहेको भनेर आरोप लगाइराखेका छन् । अहिलेको २१औं शताब्दीमा, यो आधुनिक युगमा सांसद किनबेचको विषय लाजमर्दो छ । सिंगो संसद नै अपमानित हुने यो विषयमा सभामुखज्यू गम्भीर हुन जरुरी छ ।’
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट