`

नेपाली राष्ट्रिय फुटबल टोलीको बन्द प्रशिक्षण शुरु

Nepal One HD २१ फागुन २०८१ १९:३०
खेलकुद

काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोलीको बन्द प्रशिक्षण शुरु भएको छ । अष्ट्रेलियाका म्याट रोस मुख्य प्रशिक्षक बनेपछि नेपालले बुधबारदेखि प्रशिक्षण भएको हो ।

नवनियुक्त मुख्य प्रशिक्षक म्याट रोसले नेपालको आगामी सिंगापुरविरुद्धको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल र मलेसियाविरुद्धको एएफसी एसियाली कप छनोट खेलका लागि ३० खेलाडीहरूलाई बोलाएका थिए ।

नेपालले मार्च २१ मा सिंगापुरमा सिंगापुरसँग खेल्नेछ र त्यसपछि मार्च २५ मा मलेसिया विरुद्धको छनोट खेल खेल्नेछ । एक वर्षको कार्यकालका लागि आइतबार नियुक्त भएपछि रसको जिम्मेवारीमा यी पहिलो खेलहरू हुनेछन् ।


प्रतिक्रिया