`

महानगरले प्रमुख प्रशासकीय अधिकृतको रुपमा सरोज गुरागाईंलाई पुनः हाजिर नगराउने

Nepal One HD २२ फागुन २०८१ १६:१५
प्रमुख खबर

काठमाडौं । काठमाडौँ महानगरपालिकाले सरोजप्रसाद गुरागाईँलाई प्रमुख प्रशासकीय अधिकृतको रुपमा पुनः हाजिर गराउँदा नकारात्मक असर पर्ने जनाएको छ ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई बिहीबार पत्र लेख्दै महानगरले यस्तो बताएको हो । यसअघि मन्त्रालयले गुरागाईँलाई नै महानगरमा काम गर्ने वातावरण तयार पार्न आग्रह गर्दै पत्र पठाएको थियो ।

मन्त्रालयले आफूले प्रमुख प्रशासकीय अधिकृतका रूपमा महानगरपालिकामा खटाएको कर्मचारी गुरागाईंलाई काम गर्ने वातावरण बनाइदिन आग्रहसहित पत्राचार गरेको थियो ।

गुरागाईंले आफूलाई गत पुस ८ गतेदेखि कार्यालयमा हाजिर गर्न नदिएको भन्दै मन्त्रालयसमक्ष लिखित गुनासो गरेका थिए ।

पुरानो बसपार्कको भवन निर्माणको नक्सा पास कागजातको अनुमति पत्रमा प्रमुख प्रशासकीय अधिकृत गुरागाईँले आधिकारिक प्रणालीबाट प्रक्रिया नै पूरा नगरी नक्सा स्वीकृति गरेको महानगरले बताउँदै आएको छ । त्यसपछि छानबिन चलिरहेको भन्दै मेयर बालेन साहले उनलाई काम गर्न दिएका छैनन् ।


प्रतिक्रिया