`

देशमा फेरि राजा फर्किन असम्भवः प्रचण्ड

Nepal One HD २४ फागुन २०८१ ८:५४
प्रमुख खबर

रौतहट । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पूर्वराजा ज्ञानेन्द्र शाहलाई राजनीति गर्न मन लागे पार्टी खोलेर चुनाव लड्न आग्रह गरेका छन् ।

‘जनतासँग माओवादीः तराई मधेश जागरण अभियान’ अन्तर्गत शनिबार बिहान रौतहटको गरुडामा संचारकर्मीहरुसँग कुरा गर्दै अध्यक्ष प्रचण्डले देशमा फेरि राजा फर्किन असम्भव रहेको बताएका हुन् ।

उनले अब पनि ज्ञानेन्द्रले राजनीति गर्ने सोच राखे मूर्खता शिवाय केही नहुने बताए । उनले भने ‘यसअघि पनि ज्ञानेन्द्रले पहिले पनि केही ठूलाठूला गल्ती गरेका छन् । अब पनि फेरि मुर्खता गरेर आफ्नो बाँकी रहेको साख पनि समाप्त पार्ने गल्ती नगरुन ।’

नेपाली जनताले त्यति बेला पूर्वराजालाई कारबाही गर्नुको सट्टा आरामसँग बस्न दिएको भन्दै प्रचण्डले त्यतिबेलाको उदारतालाई कमजोरी नसम्झन चेतावनी दिए ।


प्रतिक्रिया