`

काठमाडौँ महानगरलाई राप्रपाले तिर्‍यो एक लाख जरिवाना

Nepal One HD २६ फागुन २०८१ १४:०२
प्रमुख खबर

काठमाडाैँ। राष्ट्रिय प्रजातन्त्र पार्टीले काठमाडौँ महानगरपालिकालाई एक लाख रुपैयाँ जरिवाना तिरेको छ। महानगरले तोकेको १ लाख रूपैयाँ जरिबाना राप्रपाले बुझाएको हो ।

पूर्वराजा ज्ञानेन्द्रलाई स्वागत गर्न राप्रपालगायत राजावादी शक्तिहरूले हिजो जनप्रदर्शन गरेका थिए । उक्त जनप्रदर्शनका सहभागीहरूबाट एयरपोर्ट तिलगंगा, गौशलालगायत सार्वजनिक क्षेत्रका सडकमा फोहोर मैला र भौतिक क्षति भएको महानगरको दाबी छ । महानगरले फोहोरमैला व्यवस्थापन ऐन, वातावरण तथा प्राकृतिक स्रोत संरक्षण ऐन तथा काठमाडौं महानगरपालिकाको आर्थिक ऐनबमोजिम जरिबाना लगाएको हो ।

जुन निर्णयमा राप्रपाले सुरुमा नतिर्ने भनेकाे थियाे , तर राप्रपाका प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले महानगरको खातामा १ लाख रकम आज दाखिला गरेको बताएका छन् ।

‘हामी राप्रपा सुशासन मान्छौं र विधिको शासन मान्छौं । राजाको स्वागतमा आएका लाखौं आमाबुवा दाजुभाइ बहिनीहरूले हिँड्दा बाटोमा केही कुल्चिए होलान् महानगर नगरपालिकाको निर्णयलाई हामी स्वीकार्छौं ’, उनले फेसबुकमा लेखेका छन् ।


प्रतिक्रिया