क्यानले गर्यो क्रिकेट खेलाडीको वर्गीकरण


काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले नेपाली क्रिकेट खेलाडीको वर्गीकरण सार्वजनिक गरेको छ ।
बुधबार क्यानले क्रिकेटरलाई चार श्रेणीमा वर्गीकरण गरेको हो । क्यानको वर्गीकरण अनुसार, कप्तान रोहित पौडेल, दीपेन्द्रसिंह ऐरी, सन्दीप लामिछाने, सोमपाल कामी र आसिफ शेख ग्रेड ‘ए’ मा परेका छन् ।
करण केसी र कुशल भुर्तेल भने ग्रेड ‘बी’मा परेका छन् । ग्रेड ‘बी’मा करण र कुशलसँगै गुल्सन झा, ललित राजवंशी र अनिल साह परेका छन् ।
यसैगरी, ग्रेड ‘सी’मा सन्दीप जोरा, आरिफ शेख, भीम सार्की र कुशल मल्ल परेका छन् । ग्रेड ‘डी’मा सागर ढकाल, लोकेश बम, साहब आलम, आकाश चन्द, विवेक यादव, सूर्य तामाङ, रिजन ढकाल, देव खनाल, बसिर अहमद, प्रतिश जिसी, अविनाश बोहरा र मयन यादव परेका छन् ।
त्यस्तै महिलातर्फ पुजा महतो ‘ए’ ग्रेडमा समावेश परेकी छन् । कप्तान इन्दु वर्मासहित पुजा, पूर्व कप्तान रुविना क्षेत्री र पूर्व उपपक्तान सीता राना मगर ग्रेड ‘ए’ मा छन् ।
क्यानले महिलातर्फ एनुअल कन्ट्राक्मा १९ खेलाडीलाई समावेश गरेको छ । जसमा ‘ए’ मा ४ खेलाडी छन् भने ‘बी’ मा एक र ‘सी’ मा दुई खेलाडी छन् । ग्रेड ‘बी’ मा कविता जोशी मात्र छिन् भने ग्रेड ‘सी’ मा कविता कुँवर र सम्झना खड्का छिन् ।

