कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै

राजनीति

ललितपुर। नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आगामी चैत्र १० गते आइतबार बस्ने भएको छ। बैठक पार्टीको केन्द्रीय कार्यालय, बीपी स्मृति भवनमा दिउँसो १ बजे बस्ने गरी बोलाइएको हो।
बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी एवं सदस्यहरूको उपस्थिति अनिवार्य गरिएको छ ।
मंगलबार बूढानीलकण्ठमा बसेको पदाधिकारी बैठकले कार्यसम्पादन समितिको बैठक बोलाउने निर्णय गरेको थियो ।
कार्यसम्पादनमा समसायिक राजनीतिक घटनाक्रम, सरकारको कामकारवाहीको समीक्षा र पार्टीको भावी रणनीतिलगायतका विषयमा छलफल हुने बताइएको छ ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट