अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबलमा सिंगापुरविरुद्ध नेपालले ऐतिहासिक जित

खेलकुद

काठमाडौं । अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबलमा सिंगापुरविरुद्ध नेपालले ऐतिहासिक जित निकालेको छ । शुक्रबार सिंगापुरको घरेलु मैदानमा भएको खेलमा नेपालले एक शून्यले जित निकालेको हो ।
नेपालको जितमा जिलस्पीजंग कार्कीले निर्णय गोल गरे । उनले खेलको १२औँ मिनेटमा गोल गर्दै नेपाललाई अग्रता दिलाएका थिए । नेपालले अब एसियन कप क्वालीफायरमा मलेसियाविरुद्ध खेल्नेछ । यो खेल मार्च २५ मा मलेसियाकै मैदानमा हुनेछ ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट