`

स्वतन्त्र समूहको जितले मात्र क्याम्पसमा शैक्षिक वातावरण बन्छः सभापतिका उम्मेदवार बोहरा

Nepal One HD ९ चैत २०८१ १७:१३
राजनीति

काठमाडौं । स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा रत्न राज्यलक्ष्मी क्याम्पस(आरआर) मा स्ववियु सभापतिका उम्मेदवार हर्कबहादुर बोहराले स्वतन्त्र विद्यार्थी समूहको प्यानलको जितले मात्रै क्याम्पसको शैक्षिक वातावरण बन्ने दाबी गरेका छन् ।

स्वतन्त्र समूहको प्यानलबाट सभापतिका उम्मेदवार बोहराले क्याम्पसमा दलगत हस्तक्षेप हुन नदिन स्वतन्त्र समूहको जित आवश्यक भएको बताएका हुन् ।

दलका भातृ संगठनका कारण क्याम्पसमा तालाबन्दी, गुण्डागर्दी र अराजकता बढेको उनको भनाई छ । विद्यार्थीले कक्षाकोठामा भोगिरहेका समस्या समाधानका लागि क्याम्पस प्रशासनको ध्यानाकर्षण गराउँदै आएका बोहराले विद्यार्थीका समस्या समाधान गर्न आफूले सभापतिमा उम्मेदवारी दिएको बताएका छन् ।

बोहराले उच्च शिक्षा अध्ययन गर्ने उद्देश्यले आरआर क्याम्पससम्म आइपुगेका विद्यार्थीहरुलाई विषयवस्तुलाई सहयोग पुग्ने गरि हरेक वर्ष विद्यार्थी, शिक्षक र क्याम्पस प्रशासनसँगको समन्वय र सहकार्यमा निः शुल्क अतिरिक्त अंग्रेजी भाषा कक्षा सञ्चालन गर्दै आइरहेका छन् ।

विद्यार्थी नेतृत्वले व्यक्तिवादी प्रवृत्ति भन्दा माथि उठेर विधि पद्धति र थिति कायम गर्नुपर्ने उनको भनाई छ । अनुशासित विद्यार्थी र जिम्मेवार प्रशासन बनाउन बारम्बार आफूले आवाज उठाएको र त्यसको परिणाम पनि देखिएको उनी बताउँछन् । २०३६ सालदेखि करिब ५० वर्षमा पार्टीका भातृ संगठनले नगरेको कार्य आफूले यो ४ वर्षमा गरेको र बाँकी स्ववियुमा जितेपछि गर्ने संकल्प उनले गरेका छन् । चैत पाँच गते रोकिएको स्ववियु निर्वाचन आरआर क्याम्पसमा चैत १६ गते हुँदैछ ।


प्रतिक्रिया