`

इजरायली आक्रमणमा हमासका राजनीतिक नेता र उनकी श्रीमतीको मृत्यु

Nepal One HD १० चैत २०८१ १६:२९
विश्व

बीबीसी । गाजाको दक्षिणी सहर खान युनिसमा इजरायली हवाई हमलामा हमासका शीर्ष राजनीतिक नेता सलाह अल–बर्दवील मारिएका छन् ।

आक्रमणमा हमास समूहको राजनीतिक कार्यालयका सदस्य बर्दवील र उनकी श्रीमती दुवैको मृत्यु भएको स्थानीयवासीले बताएका छन् ।

इजरायली अधिकारीहरूले भने कुनै टिप्पणी गरेका छैनन् । इजरायली सेनाले गत मङ्गलबारदेखि गाजामा पुनः हमला सुरु गरेको छ ।

उसले गत जनजरी १९ बाट सुरु भएको युद्धविराम सम्झौताप्रति प्रतिबद्ध नभएको दोष हमासलाई दिँदै पुनः आक्रमण सुरु गरेको हो । हमासले इजरायली आरोपलाई अस्वीकार गरेको छ र कतार, इजिप्ट तथा अमेरिकाको मध्यस्थतामा भएको युद्धविरामा उल्लङ्घन गरेको आरोप लगाएको छ ।

हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयका एक अधिकारीले गाजामा विगत २४ घण्टामा ३२ जनाको ज्यान गएको बताए ।

सन् २०२३ को अक्टोबर ७ मा हमासको आक्रमणमा झन्डै १२ सय जना मानिसहरू मारिनुका साथै २५१ जनालाई बन्धक बनाइएपछि इजरायलले गाजामा आक्रमण गरिरहेको छ।


प्रतिक्रिया